आमा म सक्दैन यो पुषे जाडोमा बाहिर बस्न ।
बाबा म सक्दैन यो परालको बिस्तरामा आफ्नो निन्द्रा पूरा गर्न ।
भाइले कति मिठो मिठो खान पाउदैछ,तर म त्यो सुकेको रोटी चबाउन नि सक्दैन ।
आमा ७ दिन यो मर्ने जाडोमा रात कसरी कटाउने,कसरी आफ्नो मनलाइ सान्त पारेर हजुरहरुलाइ तातोमा सुतेको हेर्ने ।
के मेरो अधिकार् छैन त,के मैले ७ दिन पैला जसरी सुत्न पाउदैन र ।
म कम्जोर हुन्छु किन बुझ्नु हुदैन , मेरो रगत जता बाट झरे नि के त्यो मेरो गल्ती हो र बाबा ।
आखिर म ७ दिन कसरी असुध भए र आमा,भगवती माताले पनि के यसरी नै बाहिर रात बिताकी थिइन र आमा ।
ए बिर्सेछु ,उहाँ त भगवान है,वहाँलाई नै असुध हुन्छ भनेर मैले यसरी रातभर आफ्नो पिडा लुकाएर बिहान काममा निस्किनु पर्ने हैन त।
दिउँसो भरी पेटको दुखाइ सहेर पनि हामीले कडा घाममा त्यत्रो कामहरु गर्नु पर्छ । के त्यो अत्याचार होइन र ??
ल माने म असुध हुन्छु होला,तर कुनै कोठाको कुना तिर मलाई सुत्न दिए घर नै कसरी असुध हुन्छ र ??
आमा हजुर भन्नुहुन्छ “यो त संस्कृति हो,जहाँ सबैले यस्तो गर्छन्,यो त पुर्व्जहरुको आदेश हो,यो परम्परा हो,यसलाई नकार्नु हुदैन,नत्र पाप लाग्छ “।
यो कस्तो परम्परा हो आमा जहाँ कसैलाई दुख दिएर उसको प्रान्ण जाने गर्छ । यो कस्तो जिद्दी पन हो जहाँ एउटा रगतको लागि परालमा सुताइन्छ , ७ दिन सम्म एउटा पशु जस्तै व्यहार गर्ने गरिन्छ । यो प्रथा त अरु ठाँउ छैन त आमा,यो परम्परा अरु ठाँउ लोप भैसक्यो त आमा, बरु यसको बारेमा सहरिया दिदीले कस्तो राम्रोसँग बुझाउदै हुनुहुन्थ्यो । उहाँको कुरा सुनेर त अलिक दयनीय भैइदिनु न । अब छोड दिनु यो “छाउ पडि प्रथालाइ “।
बाच्न दिनु ती सात दिन हामीलाई जसरी हामीलाइ बाच्न मन लाग्छ । खान दिनु ती सात दिन हामीलाई जे खाने मन लाग्छ ।
म एउटा नारी नछुने हुनसक्छु तर म बाहिर बस्न सक्दैन ।
Menstruation is not a sin
Related articles